दफा २७३
लिखत अनुवाद गर्नु पर्ने

(१) नेपाली भाषा बाहेक अन्य कुनै भाषामा लेखिएको कुनै लिखत अदालतमा प्रमाणको रूपमा पेश भएमा र त्यस्तो लिखतनेपाली भाषामा अनुवाद गर्नु पर्ने देखिएमा अदालतले त्यस्तो लिखत पेश गर्ने पक्षलाई त्यस्तो लिखतको नेपालीभाषामा अनुवाद गरी पेश गर्ने आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अदालतबाट आदेश भएमा सम्बन्धित पक्षले त्यस्तो लिखत नेपाली भाषामा अनुवाद गराई सोकोप्रमाणित प्रति अदालतमा पेश गर्नु पर्नेछ ।